News Summary
Generated by OK AI. Editorially reviewed.- उनले ग्यासको अभावबारे प्रधानमन्त्री बेखबर रहेको भन्दै उनलाई तत्काल जनतासँग संवादमा आउन आग्रह गरेका छन् ।
- सांसद शर्माले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन् ।
२६ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाह बालेन गुप्तवासमा भएको टिप्पणी गरेका छन् ।
‘अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ’ सांसद शर्माले प्रतिनिधिसभाको बैठकमा भने ।
सरकारले ग्यासको विकल्पको रुपमा विजुलीको प्रयोगलाई प्रोत्साहन गर्न सकिने पनि उनले बताए ।
संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण आउन नसकेको भनेर उनले सभामुखको ध्यानाकर्षण गरे ।
प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउन पनि उनले सभामुखसँग आग्रह गरे ।
अनि सांसद शर्माले प्रधानमन्त्रीलाई गुप्तवासबाट बाहिर निस्कन आग्रह गरे ।
‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु । गुप्तवास बसुन्जेल तपाईं एक्लै हुने हो । तपाईं जब संसद्मा आउनुहुन्छ सांसदहरू तपाईंको साथमा, संसद् तपाईंको साथमा हुन्छ’ उनले भने, ‘तपाईंले सकारात्मक पहल लिँदा सिंगै संसद तपाईंको पक्षमा हुन्छ । गलत प्रक्रिया चल्दा सिंगै संसद् विपक्षमा हुन्छ । गुप्तवासमा नबसस्नुस् ।’
जुन दलले प्रधानमन्त्री बनायो त्यो दलको कार्यालयमा नजाने अनि राति एक्लै बसेर स्ट्यास लेखेपछि एक्लै हुने कुरा स्वभाविक भएको भएको भन्दै उनले प्रधानमन्त्रीलाई आफ्नो पार्टी र संसद्सँग संवादमा आउन आग्रह गरे ।
प्रतिक्रिया 4