+
+
Shares

थरूहट आन्दोलनबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा गठित लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
  • उनले आउँदो ७ भदौभित्र प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारू समुदायलाई न्याय दिलाउन संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
  • सांसद कठरियाले २०७२ साल ७ भदौको टीकापुर घटनामा नरसंहार मच्चाउने पर्दा पछाडिका दोषीहरू को थिए भनी सरकारलाई प्रश्न गरेकी छन्।

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘आउँदो ७ भदौभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारूहरूलाई अविलम्ब न्याय दिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

२०७२ साल ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटना थारू समुदाय र सिंगै देशका लागि अत्यन्तै दुखद् र कालो दिन रहेको उनले बताइन् ।

‘थारू र पहाडी समुदायबीच भड्काउ पैदा गरेर नरसंहार मच्चाउने पर्दा पछाडिका दोषीहरू को थिए ?’ उनको प्रश्न छ ।

यो प्रश्न अहिले पनि अनुत्तरित रहेको भन्दै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?