News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाकी सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेकी छन्।
- उनले मुआब्जा र पुनर्वासको व्यवस्था नहुँदा स्थानीय बासिन्दा घर न घाटको अवस्थामा पुगेको बताइन्।
- सांसद गुरुङले प्रभावितलाई बाँकी मुआब्जा वितरण गरी उचित व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
२६ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै गोरखाकी सांसद गुरुङले बजेट विनियोजनका लागि सरकारलाई धन्यवाद दिँदै निर्माण प्रक्रिया सुरु गर्न भनेकी हुन्।
‘बजेट विनियोजन भइसक्दा पनि निर्माण कार्य सुरु नहुनु र ढिलासुस्ती हुनु दु:खद् हो। आयोजना प्रभावित धेरै जग्गाधनीले अझै मुआब्जा पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘मुआब्जा र पुनर्वासको व्यवस्था नहुँदा स्थानीय जनता आज घर न घाटको अवस्थामा पुगेका छन्।’
उनले बाँकी मुआब्जा तत्काल वितरण गरी प्रभावित जनताको उचित व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिक्रिया 4