News Summary
Generated by OK AI. Editorially reviewed.- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का करार तथा ज्यालादारी कर्मचारीले रोजगारी सुनिश्चितताको माग गर्दै दोस्रो दिन पनि धर्ना जारी राखेका छन् ।
- आन्दोलनरत कर्मचारीहरूले दुई महिने सेवा निरन्तरता खारेज गरी एक वर्षका लागि निरन्तरता दिनुपर्ने लगायतका नौ बुँदे माग राखेका छन् ।
- प्रशासनसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलन नरोकिने आन्दोलन परिचालन समितिका सह–संयोजक युकेश गौतमले बताए ।
२६ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् ।
सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् ।
दुई महिने सेवा निरन्तरता खारेज गरि १ वर्षलाई निरन्तरता दिनुपर्ने लगायतका ९ बुँदे माग राखेका छन् ।
आज सीटीईभीटी प्रशासनसँग वार्ता भएपनि माग सम्बोधन नभएकाले आन्दोलन जारी राखेको आन्दोलन परिचालन समितिका सह–संयोजक युकेश गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4