+
+
Shares

अब त्रिभुवन विश्वविद्यालयले रंगमञ्चको औपचारिक अध्ययन गराउने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले पहिलो पटक पोस्ट ग्राजुएट डिप्लोमा तहमा रंगमञ्च विषयको औपचारिक अध्यापन गराउने निर्णय गरेको छ।

२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब औपचारिक रूपमा रंगमञ्चको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले पोस्ट ग्राजुएट डिप्लोमा (अधि स्नातक ) तहमा रंगमञ्चको अध्यापन गराउने भएको हो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रहने यो विषय एक वर्षको हुने बताइएको छ । सङ्कायका डीन प्रोफेसर डा. दुबिनन्द ढकालका अनुसार सबै मिले यो कोर्स आउँदो माघदेखि सञ्चालन हुनेछ । साथै यो कोर्स सेल्फ सस्टेन्ट मोडालिटीमा सञ्चालन हुनेछ ।

रंगमञ्च अध्ययन (थिएटर स्टडिज) नाम दिइएको यो कोर्सको पाठ्यक्रम तयार भइसकेको छ । त्यस्तै १८ साउनको विद्यापरिषदको स्थायी समितिले पाठ्यक्रम समेत स्वीकृत गरिसकेको छ । पाठ्यक्रममा रङ्गमञ्चको इतिहास, नाट्य सिद्धान्त, परम्परा, थिएटर पेडागोजी, अनुसन्धानदेखि थिएटरको प्रयोगात्मक अभ्यास समेतलाई समेटिएको ढकालले जानकारी दिए ।

नेपाल सेन्टर अफ इन्टरसेनल थिएटर इन्स्टिच्युटका अध्यक्ष तथा रङ्गकर्मी केदार श्रेष्ठले यो कदम नेपाली रङ्गमञ्चलाई संस्थागत गर्न र रङ्गमञ्च संस्कृति निर्माण गर्न उल्लेखनीय र महत्पूर्ण हुने बताएका छन् ।

नेपालमा कुनैपनि विश्वविद्यालयले रंगमञ्चलाई औपचारिक रूपमा अध्यापन गराएको यो पहिलो पटक हो । यसअघि सिनेमा, संगीत भने अध्यापन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?