२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो ।
आगामी शुक्रबार काठमाडौंको सुकेधारामा हुन गइरहेको राष्ट्रिय भेलाका बारेमा छलफल गर्न कोइराला खड्का निवास पुगेका हुन् । इतर समूहले पूर्वमहामन्त्री कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ ।
खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए । भेटवार्तामा पूर्वउपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
उनका अनुसार खड्काले कोइरालको आग्रहप्रति सकारात्मक धारणा व्यक्त गरेको उनले बताए । पछिल्लो समय पूर्वउपसभापति खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि अनेक अड्कलबाजी भइरहेको थियो ।
प्रतिक्रिया 4