फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
- उनले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा युवाहरूको संघर्ष तथा योगदान सदैव महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
- प्रचण्डले भने- युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ ।
२६ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको उनले बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उनको आग्रह छ ।
अगाडि लेख्छन्, ‘युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4