+
+
Shares

अनलाइनखबरले आज ४० वर्षमुनिका ४० युवाको सूची सार्वजनिक गर्दै

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षदेखि ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:४०
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरले आज ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्दैछ ।
  • ललितपुरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ती युवाहरूलाई अवार्ड प्रदान गर्नेछन् ।
  • अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले समाजलाई प्रगतिको दिशातर्फ डोर्‍याउन युवाहरूको योगदानको कदर गर्दै यो अभियान निरन्तर जारी रहने बताए ।

२७ साउन, काठमाडौं । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा यस वर्षकाे  ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूची आज सार्वजनिक गर्दैछ।

ललितपुरमा आयोजना हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ती  ४० युवालाई अवार्ड प्रदान गर्नेछन् ।

देशमा कतिपय नकारात्मक परिसूचक बीच समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवा उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षदेखि ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

यो तेस्रो संस्करण हो । यसअघि अनलाइनखबरले अनलाइनखबर ४० मुनिका ४० -२०८१२०८२ मा पनि सार्वजनिक गरिसकेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र  अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।

४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ-आफ्नो क्षेत्रमा युवाले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोर्‍याउन मद्दत गर्ने प्रधानसम्पादक बस्नेतले बताए ।

निर्णायक मण्डलका एक सदस्य समेत रहेका प्रधानसम्पादक बस्नेतले ४० वर्षमुनिका ४० युवाको खोजी तेस्रो वर्षमा अनवरत अघि बढ्नुमा आफ्नो टिम र पाठकहरूको योगदान रहेको भन्दै प्रशंसा गरे ।

‘प्रेसको प्राथमिक काम राष्ट्र र समाजमा देखिएका समस्या र विकृति उजागर गर्नु हो, सँगसँगै देशमा देखिएका सफलतालाई सबैसामु बाँड्नु, अनि सम्भावनाहरूलाई प्रोत्साहित गर्नु पनि हाम्रै काम हो’  उनले भने, ‘हामीले तीन वर्षयता ४० वर्ष मुनिका ४० युवाहरूको सूची सार्वजनिक गरेर यो काम निरन्तर गर्दै आएका छौं, भोलिका दिनमा पनि समाजलाई बाटो देखाउने युवाहरूको खोजी निष्पक्ष र प्रभावकारी रूपमा जारी राख्ने छौं ।’

बस्नेतले यो अभियानमा साथ दिने न्युजरुम, ब्युरोहरू, प्रायोजक तथा सबै पाठकलाई धन्यवाद दिएका छन् ।

४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो ।

अनलाइन आवेदन र सिफारिस मार्फत प्राप्त करिब साढे १५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो ।

उनीहरूको छनोट तथा सिफारिसमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?