+
+
Shares

काँराकोट खानेपानी आयोजनाका लागि टेन्डर खुल्ने

काँराकोट, गोगनकटेरावासीका लागि सिस्ने खोलाबाट पानी ल्याउने गरी टेन्डर आह्वान हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:०७
सल्यानको बनगाड कुपिण्डे, काँराकोटका प्रेम बिक वैखुरेबाट पानी लिएर फर्कँदै । तस्वीर : सामाजिक सञ्जाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको वनगाड कुपिण्डे नगरपालिका-६ मा २ करोड २० लाख रुपैयाँको लागतमा काँराकोट गोगनकटेरा लिफ्ट खानेपानी आयोजनाको लागि टेन्डर आह्वान गर्ने निर्णय भएको छ ।
  • कर्णाली प्रदेश सरकारबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन भएपछि नगरपालिकाले आयोजनाको कामलाई अगाडि बढाएको हो ।
  • यस आयोजना सम्पन्न भएपछि काँराकोट र गोगनकटेराका १ सय २५ परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने मेयर कर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

२७ साउन, काठमाडौं । सल्यानको वनगाड कुपिण्डे नगरपालिका-६, काँराकोटमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि टेन्डर खुल्ने भएको छ । काँराकोट, गोगनकटेरावासीका लागि सिस्ने खोलाबाट पानी ल्याउने गरी टेन्डर आह्वान हुन लागेको हो ।

वनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्णबहादुर बुढाथोकीको अध्यक्षता र खानेपानी तथा ढल व्यवस्थापन समिति, सुर्खेतका प्रतिनिधिहरूको सहभागितामा मंगलबार बसेको बैठकले २ करोड २० लाख रुपैयाँ बराबरको आयोजनाका लागि टेन्डर खोल्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले ५५ लाख रुपैयाँ विनियोजना गरेपछि टेन्डरको काम अगाडि बढेको हो । बैठकको निर्णयमा भनिएको छ, ‘विनीयोजन भएको बजेटको चारगुणा बराबरको टेन्डर गर्ने प्रावधान रहेकोले २ करोड २० लाख बराबरको टेन्डर गर्ने निर्णय गरियो ।’

काँराकोट गोगनकटेरा लिफ्ट खानेपानी आयोजनाबाट १ सय २५ परिवार प्रत्यक्ष लाभान्वित हुने बुढाथोकीले जानकारी दिए ।

अनलाइनखबरले सोमबार सल्यान लगायत देशका विभिन्न जिल्लामा मध्य बर्खामै खानेपानी संकट रहेको समाचार प्रकाशित गरेको थियो । यो समाचार प्रकाशित भएपछि आफूहरूलाई छिटो काम अगाडि बढाउन दवाव परेको मेयर बुढाथोकीले बताए ।

‘यहाँको प्रमुख समस्या पानीको मुहान सुक्नु हो । तर त्यो मुहान हाम्रो कारणले होइन संघीय सरकारले जथाभावी सडक बनाउँदा सुकेको हो,’ मेयर बुढाथोकीले भने, ‘तपाईंहरूले समाचार बनाउँदा स्थानीय सरकारको दोष जस्तो गरी बनाउनु भएन ।’

खानेपानीको मुहान निरीक्षण तथा छलफलमा मेयर बुढाथोकी, उपमेयर पुरुषोत्तम आचार्य, वडा नम्बर ६ का वडा सदस्य काले कामी, खानेपानी तथा दल व्यवस्थापन कार्यालयका इन्जिनियरद्वय उमेश कर्ण, नेत्रप्रसाद अधिकारी, शिक्षक डिल्लीप्रसाद बुढाथोकी, ओविराम कामी, लिलु पुन, गोरे कामी, झुसे कामी, लोकेन्द्र बुढाथोकी, हिरालाल यरी लगायत सहाभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?