+
+
Shares

युवालाई उद्यम र उत्पादनसँग जोड्न आवश्यक छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

रासस रासस
२०८३ साउन २७ गते १५:२३

२७ साउन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिनुभएको  शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।

‘युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको छ,’ उनले भनेका छन्, ‘नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रम प्राथमिकतामा छ ।’

युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएर बजेटमार्फत समेत सम्बोधन गरिएको उनले बताएका छन् ।

राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवा वर्तमानका हिस्सेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले अगाडि भनेका छन्, ‘युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?