+
+
Shares

सिड्नीमा सत-चित-आनन्द कीर्तन कार्यक्रम हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रोजेक्ट बियोन्डको आयोजनामा आगामी १४ अगस्टमा अस्ट्रेलियाको सिड्नीमा 'सत-चित-आनन्द कीर्तन' कार्यक्रम हुने भएको छ ।
  • कार्यक्रम संयोजक भरत पौडेलले भने, ‘यो जमघट सबै संस्कृति, धर्म-विश्वास र पृष्ठभूमिका मानिसका लागि खुला छ ।’
  • आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त रकम नेपालका विपन्न शास्त्रीय संगीतका विद्यार्थीलाई सहयोग गर्न उपयोग गरिनेछ ।

काठमाडौं । प्रोजेक्ट बियोन्डको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा सत-चित-आनन्द कीर्तन कार्यक्रम आयोजना हुने भएको छ । सिड्नीको टु-ए मेमोरियल ड्राइभस्थित द ग्रान्भिल सेन्टरमा १४ अगस्टमा कार्यक्रम हुन लागेको हो ।

एनआरएनए एनएसडब्लूसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार, यो कार्यक्रम संगीत, ध्यान र आध्यात्मिक भावनाहरूको मिश्रण हो । कार्यक्रमले सहभागीलाई शान्त वातावरणमा आराम गर्ने, आत्मचिन्तन गर्ने र अरूसँग जोडिने अवसर प्रदान गर्नेछ ।

कार्यक्रममा वैदिक मन्त्रोच्चारण, ध्यान, प्रत्यक्ष भक्ति संगीत र सामूहिक गायन हुनेछन् । कार्यक्रम संयोजक भरत पौडेलले भने, ‘यो जमघट सबै संस्कृति, धर्म-विश्वास र पृष्ठभूमिका मानिसका लागि खुला छ । यस पहलले मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने, व्यक्तिगत विकासलाई प्रोत्साहन दिने र सामुदायिक सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखेको छ ।’

कार्यक्रममा विभिन्न विधाका कलाका सहभागी हुनेछन्, जसअन्तर्गत गायनमा आदेश र अन्जुली हमाल, बाँसुरीमा सबिन घिसिङ, किबोर्डमा रोजन सुवेदी, ड्रममा ओम बी. श्रेष्ठ, बेस गितारमा निश्चल बिष्ट, गितारमा अन्तरिक्ष दाहाल र तबलामा अभि समावेश छन् ।

प्रवेश निःशुल्क छ रहेको दर्ता अनिवार्य रहेको उल्लेख छ । आयोजक संस्था प्रोजेक्ट बियोन्डले भविष्यमा यस पहलबाट प्राप्त हुने रकमबाट नेपालका प्रतिभावान तर विपन्न शास्त्रीय संगीत विद्यार्थीलाई सहयोग पुर्‍याउने योजना पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?