+
+
Shares
भेरी जिप दुर्घटना अपडेट :

बेपत्ता दुवै जनाको पहिचान खुल्यो

सल्यानमा भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ ।

अमृतबाबु बुढाथोकी अमृतबाबु बुढाथोकी
२०८३ साउन २७ गते १६:०७

२७ साउन, सल्यान । सल्यानमा भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बीसी सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए । ्

बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी छन् ।

उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जनाएका छन् ।

जिपमा चार जना मात्रै सवार रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?