+
+
Shares

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म, ‘कबड्डी ४’ लाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १३:११
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्मकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ ।
  • प्रदर्शनको २८ औं दिनसम्म फिल्मले देशव्यापी रूपमा २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
  • यस फिल्मलाई हालसम्म ७ लाख ९० हजार दर्शकले हेरेका छन् र यसले ‘कबड्डी ४’ को रेकर्ड तोडेको छ ।

काठमाडौैं । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्यापी २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई ७ लाख ९० हजार जना दर्शकले हेरेका छन् ।

कपिल रिजाल निर्देशित फिल्मले ‘कबड्डी ४’ को कमाइ २१ करोड ४० लाख रुपैयाँ ग्रसलाई उछिनेको छ ।

सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड चाहिँ ‘पूर्णबहादुरको सारंगी’सँग छ, जसको कमाइ ४६ करोड ८७ लाख रुपैयाँ ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?