News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
- शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय रोसन सार्की र ३० वर्षीय ठगु राम डगौरालाई प्रहरीले बेलडाँडीबाट नियन्त्रणमा लिएको हो ।
- प्रहरीले उनीहरू सवार म १ प ९३०१ नम्बरको मोटरसाइकल पनि बरामद गरी लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ ।
२८ साउन, धनगढी । कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २६ का रोसन सार्की र सोही ठाउँ बस्ने वर्ष ३० का ठगु राम डगौरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ बनपुरुवास्थित सडकखण्डमा चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेका दुवै जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम १० मिलिग्राम तौल भएको लागु औषध खैरो हेरोइन बरामद गरेको छ । साथै, उनीहरूले प्रयोग गरिरहेको म १ प ९३०१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ र उनीहरूविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको रावतले जानकारी दिए ।
प्रतिक्रिया 4