+
+
Shares

मोदीखोला बाढीले कास्की र पर्वत जोड्ने २ पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण कास्की र पर्वत जोड्ने मोदीखोलाका दुईवटा मेटल पुल बाढीले बगाएको छ।
  • बाढीले अन्नपूर्ण माता मन्दिरमा क्षति पुर्‍याएको छ भने मन्दिरमा तीन जना फसेका छन्।
  • सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर मन्दिरमा फसेकाहरूको उद्धार कार्य अघि बढाएको छ।

२९ साउन, काठमाडौं । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ ।

राति २:१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।

अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्नका लागि बनाइएका २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्‍याएको छ ।

थापाका अनुसार १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना मन्दिरमा फसेको र उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?