+
+
Shares

ललितपुरमा नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया आयोजना हुने

कार्यक्रममा ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयमा अन्तरक्रिया केन्द्रित हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आगामी आइतबार ललितपुरमा नेपाल–कोरिया व्यावसायिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ ।
  • कार्यक्रममा नेपाल र दक्षिण कोरियाबीचको व्यावसायिक अवसर, चुनौती तथा रिटर्नी उद्यमीको भूमिकाका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
  • कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कूटनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने छ ।

२९ साउन, काठमाडौं । नेपाल–कोरिया उद्यमी व्यवसायी संघले ललितपुरमा ‘नेपाल–कोरिया व्यfवसायिक अन्तरक्रिया कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आगामी आइतबार कार्यक्रम आयोजना गर्न लागगेको हो । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयमा अन्तरक्रिया केन्द्रित हुनेछ ।

जसमा नेपाल र दक्षिण कोरियाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध, लगानीका अवसर, उद्यमशीलता र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको उद्यमशील भूमिकालगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नेपाल तथा दक्षिण कोरियाका व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

त्यस्तै, नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि, दक्षिण कोरियाका कूटनीतिक प्रतिनिधि, उद्योगी–व्यवसायी, रिटर्नी उद्यमी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको ।

नेपाल–कोरिया आर्थिक तथा व्यवसायिक सहकार्यलाई थप मजबुत बनाउने र दुई देशबीच लगानी तथा व्यापारका सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विशेषगरी कोरियामा रोजगारी तथा व्यवसायको अनुभव हासिल गरेर नेपाल फर्किएका नेपालीले स्वदेशमा सञ्चालन गरेका उद्यम, उनीहरूले भोगिरहेका चुनौती तथा राज्यबाट अपेक्षित सहयोगका विषयमा समेत अन्तरक्रिया हुने संघले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमले नेपालमा लगानीको वातावरण विस्तार गर्न, नेपाल तथा कोरियाका व्यवसायीबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न तथा नयाँ सहकार्यका सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?