+
+
Shares

रोल्पाको सुनछहरीमा पनि पहिरो, दुई घर पुरिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोले दुई घर पुरिएका छन्।
  • घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
  • घटनास्थलमा उद्धार टोली पुग्न बाँकी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

२९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएका छन् ।

सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् ।

पहिरोले दुई ठाउँमा घरमा पुरिएको भन्ने जानकारी पाएको र जानकारी पाउने बित्तिकै घटनास्थलतर्फ टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनास्थलमा टोली पुग्न बाँकी नै रहेकोले के-कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?