+
+
Shares

जाजरकोटको तासुघाटमा बाढी : ५ घर बगायो, सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १०:५०

२९ साउन, काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले सडक तथा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ।

बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने नलगाड नगरपालिका–१० रोलीमा झोलुङ्गे पुलका साथै केही घर तथा टहरा बगाएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटका अनुसार अविरल वर्षाका कारण नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ।

पुलमा क्षति पुगेका कारण प्रारम्भिक जानकारीपछि घटनास्थलतर्फ गएको प्रहरी टोलीसमेत तत्काल पुग्न नसकेको प्रहरीको भनाइ छ ।

घटनाबारे बज बिहान साढे ६ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको थियो। तर, झोलुङ्गे पुल बगिसकेका कारण टोली घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा थप सशस्त्र र प्रहरीको टोली खटाइएको छ । घटनाको क्षतिको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।

क्षतिको थप विवरण

१)   जिल्ला जाजरको नलगाड नगरपालिका वडा १० रोली बस्ने पृर्थि बहादुर वि.क.को २ तले  ढुङ्गा माटोलले बनेको ढुङ्गाले छाएको घर बगाएको, परिवार संख्या ९  जनाको परिवार सुरक्षित स्थानमा बसेको ।

२)   ऐ.ऐ.बस्ने खैते वि.क.को २ तले ढुङ्गा माटोलले बनेको ढुङ्गाले छाएको परिवार संख्या  १० जनाको परिवार सुरक्षित स्थानमा बसेको ।

३)   ऐ.ऐ.बस्ने नर ब.वि.क.को ३ तले  ढुङ्गा माटोलले बनेको ढुङ्गाले छाएको परिवार संख्या  १० जनाको परिवार सुरक्षित स्थानमा बसेको ।

४)   ऐ.ऐ.बस्ने हस्त वि.क.को २ तले  ढुङ्गा माटोलले बनेको टिनले छाएको परिवार संख्या ८ जनाको परिवार सुरक्षित स्थानमा बसेको ।

५)   ऐ.ऐ.बस्ने बिर बहादुर वि.क.को जग्गामा.सुन्तलि वि.क.ले बनाएको टिनको टहरा नास्ता पसल बगाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?