News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा सडक स्तरोन्नतिको क्रममा आएको पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते भएका छन्।
- शुक्रबार बिहान ८ः५० बजे गिलो लेदोसहितको पहिरो खस्दा प्र.०१–००३ क ७३२१ नम्बरको एक्स्काभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
- जाजरकोट भेरीमालिका नगरपालिका–१० का २८ वर्षीय चालक कर्णबहादुर कामीको कुममा चोट लागेको र उपचारका लागि उनलाई तुलसीपुर लगिएको छ।
२९ साउन, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते भएका छन्।
राप्ती राजमार्गअन्तर्गत खरखोला-कपुरकोट सडक खण्ड स्तरोन्नतिको काम भइरहेको बेला शुक्रबार बिहान करिब ८ः५० बजे माथिबाट आएको गिलो लेदोसहितको पहिरोले प्र.०१–००३ क ७३२१ नम्बरको एक्स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरेको हो।
पहिरोमा परी एक्स्काभेटरको सिसा फुट्नुका साथै बोनट र ट्यांमा क्षति पुगेको प्रहरीले जनाएको छ।
एक्स्काभेटर चालक जाजरकोट भेरीमालिका नगरपालिका–१० का २८ वर्षीय कर्णबहादुर कामीको कुममा सामान्य चोट लागेको छ।
उनलाई उपचारका लागि तुलसीपुर लगिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4