+
+
Shares

अरूलाई होचो देखाएर आफू अग्लो हुने प्रवृत्ति कांग्रेसको भाइरस : कुन्दनराज काफ्ले  

संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:००

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले एक कांग्रेसीले अर्को कांग्रेसीलाई होचो देखाएर आफू अग्लो हुनखोज्ने प्रवृत्तिले पार्टी कमजोर भएको टिप्पणी गरेका छन् । संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘पहिला मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो । त्यसैले कांग्रेस बलियो थियो,’ उनले भने, ‘आज एक कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने संस्कृतिको विकास भएको छ । यो कसले गर्‍यो ?’

कांग्रेसले यसको चिन्तन गर्नुपर्ने बेला आएको उनले बताए ।

अहिले एउटा कांग्रेसलाई होचो देखाएर अर्को अग्लो हुनखोज्ने प्रवृत्ति रहेको पनि उनले बताए । ‘एउटालाई कमजोर देखाएर आफू बलियो हुनखोज्ने संस्कृति अहिले कांग्रेसको भाइरस हो । त्यो भाइरस १५ औं महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला छ,’ उनले भने ।

कांग्रेसका नेतृत्व हुँ भन्ने व्यक्तिबाटै यसो भइरहेको उनले दाबी गरे । ‘त्यो भाइरसलाई अहिल्यै उपचार नगरे कसैलाई पनि जीवित राख्ने छैन,’ काफ्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?