+
+
Shares

अरौंदी खोलाले बगाएका युवक मृत फेला

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८३ साउन ३० गते ७:०२

३० साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन् ।

पुतलीबजार नगरपालिका-३ बाडखोलाका मगरलाई पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनकपो ग११प८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो ।

खोजी गर्ने क्रममा मगरलाई पुतलीबजार नगरपालिका-१३ गैरीजाँगरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

मगरको शव खोलाबाट बाहिर निकालेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको बताउँदै डिएसपी अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?