+
+
Shares

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । त्यहाँको डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार शनिबार ७.७ रेक्टरस्केलको भूकम्प गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १६:०३

३० साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । त्यहाँको डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पपछि उद्धार कार्य सुरु हुँदा मृतकको संख्या बढिरहेको समाचार छ । स्थानीय समयअनुसार बिहान ५ बजे आएको मुख्य झट्कापछि पनि दर्जनौं पराकम्पहरू आइसकेको समाचार छ । त्यसमध्ये एक पराकम्प ६.१ रेक्टरस्केलसम्मको आएको बताइएको छ ।

ठूलो झट्काका कारण सयौं घरहरूमा क्षति पुगेको छ । भूकम्पपछि त्यहाँ ठूलो भागदौड पनि भएका समाचार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?