+
+
Shares

भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने

अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १९:४२

३० साउन, काठमाडौं । भोलि आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्ने भएका छन् ।

आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ ।

अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ ।

ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ ।

सूचनामा ती स्थानमा उपलब्ध हुने ग्यास कम्पनीको नाम पनि उल्लेख छ ।

यस्तो छ सूचना : 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?