+
+
Shares

झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो   

पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।    

रासस रासस
२०८३ साउन ३१ गते ६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा जापानिज इन्सेफ्लाइटिसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० पुगेको छ भने तीमध्ये पाँच जनाको मृत्यु भएको छ ।
  • स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका विभिन्न पालिकामा गरी कुल १० जनामा संक्रमण पुष्टि भएको हो ।
  • जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले लामखुट्टेको टोकाइबाट बच्न घर वरपर पानी जम्न नदिई आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

३१ साउन, झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबढ्दै गएको छ ।

पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् ।

जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधरणलाई आग्रह गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?