News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित तीन सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।
- सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ भने आठ जना घाइतेको उद्धार गरिएको छ।
- पहिरो प्रभावितहरूलाई स्थानीय विद्यालयमा राखिएको छ र उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरेको छ।
३१ साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित तीनसय जनाभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो।
पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। त्यस्तै घाइते ८ जनाको उद्धार गरिएको छ। पहिरो प्रभावितलाई स्थानीय विद्यालयमा सारिएको छ। उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4