News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन् ।
- प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन मुख्यमन्त्री बानियाँलाई साना दलहरूको समर्थन अनिवार्य भएको छ ।
१ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।
बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।
बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4