+
+
Shares

मुख्यमन्त्रीद्वय बानियाँ र आचार्यको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

यी दुई प्रदेशका मुख्यमन्त्री बानियाँ र आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले दुवै प्रदेशका सरकार गठन प्रक्रियामा तटस्थ बस्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको छ।
  • बागमती प्रदेशमा बहुमतका लागि ५३ र लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ जना सांसदको समर्थन आवश्यक पर्दछ।

१ भदौ, काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले आज विश्वासको मत लिँदै छन् ।

आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

यी दुई प्रदेशका मुख्यमन्त्री बानियाँ र आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्ने भएको छ ।

राप्रपाले दुवै प्रदेशका प्रदेश सभा सदस्यहरूलाई तटस्थ बस्न निर्देशन दिएको छ ।

प्रदेशहरूमा सरकार निर्माण सम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म आफ्ना दलका प्रदेश सभा सदस्यहरूलाई तटस्थ बस्नका लागि संसदीय दलको नेताहरूलाई राप्रपाले निर्देशन दिएको हो ।

बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन् ।

हाल कायम रहेको सदस्य संख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?