+
+
Shares

गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले गोरखास्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको स्थलगत अनुगमन गरेका छन् ।
  • मन्त्री गुरुङले कार्यालयका अधिकारीहरूसँग छलफल गर्दै आयोजनाको पछिल्लो अवस्था र कार्यप्रगतिबारे जानकारी लिएका छन् ।
  • उनले आयोजना र स्थानीय स्तरमा देखिएका समस्याबारे नजिकबाट बुझ्ने प्रयास गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

१ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् ।

गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरेको गुरुङको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?