+
+
Shares

आशिकाको प्रश्न : एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहाल्नुपर्ने हो?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद आशिका तामाङले धादिङका सन्तोषको शव नेपाल झिकाउने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
  • उनले मन्त्री र सचिवको ढोका चाहर्दा पनि समस्या समाधान नभएको भन्दै सदनमा असन्तुष्टि व्यक्त गरिन्।
  • सभामुखले उक्त विषयमा तीन दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

१ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

‘३७ दिन अगाडि धादिङका सन्तोष शव नेपाल झिकाउनू भनि शून्य समयमा यस समयमार्फत कुरा राखेको थिएँ । तर त्यो कुरा शून्यमै बिलाएर गयो’ उनले भनिन्, ‘मलाई लाग्दथ्यो सदनमा कुरा राखेपछि कार्यान्वयन हुनेछ । तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका–ढोकासम्म चाहरेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ?’

अर्थ मन्त्रालयले शव व्यवस्थापन गर्न बजेट छुट्याएको तर कार्यविधि नभएको भनेर यो काम हुन नसकेको बताए ।

यो विषयमा जवाफ नआउन्जेल सदनमा उभिने बताइन् । त्यसपछि यो विषयमा तीन दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रालयलाई सभामुखले निर्देश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?