+
+
Shares

नागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्दै सांसद संग्रौलाको आपत्ति

नागरिकले सहज रुपमा सिंहदरवार प्रवेश गर्न नपाएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद टीका संग्रौलाले नागरिकहरूले सिंहदरवारमा सहज प्रवेश नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • उनले सिंहदरवारको गेटमै नागरिकका गुनासा सुन्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
  • नागरिकहरूले सिंहदरवार प्रवेश गर्न कुन निकायबाट पास लिने भन्ने स्पष्ट हुनुपर्ने उनले उल्लेख गरिन् ।

१ भदौ, काठमाडौं । नागरिकले सहज रुपमा सिंहदरवार प्रवेश गर्न नपाएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा आउनुभन्दा धेरै अगाडिदेखि नै नागरिकका गूनासा सुन्ने प्रतिद्धता व्यक्त गर्दै आइरहेको बताइन् । यसअनुसार रास्वपाले गूनासा सुन्दै पनि आइरहेको उल्लेख गरिन् ।

तर अहिले नागरिकले सहज रुपमा सिंहदरवार प्रवेश गर्न नपाएको बताइन् ।

‘आज हामीसँग आफ्नै सरकार छ । सिंहदरवारमा आफ्नै बहुमत छ । तर प्रश्न छ सभामुख महोदय, नागरिकहरू समस्या लिएर सिंहदरवारको ढोकासम्म आइपुग्दा समेत भित्र छिर्न पाएनन भने हामी नागरिकका समस्या र गूनासा कसरी सुन्छौं ?’ उनले प्रश्न गरिन् ।

सुदुरपूर्व र सुदुरपश्चिमबाट समस्या बोकेर संसद्मा आउने नागरिकले सिंहदरवारमा सहज पहुँच पार्नुपर्ने उनको आग्रह छ ।

जसको पहुँच छैन उसले सिंहदरवार छिर्न कुन मन्त्रालय वा कुन निकायमा पास माग्न जाने भन्ने पनि उनको प्रश्न छ ।

साच्चै नागरिकका गूनासा सुन्न चाहेको हो भने सिंहदरवारको गेटमै नागरिकको गूनासा सुन्ने व्यवस्था गर्न उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?