News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको सोमबारको बैठकमा राहदानी विधेयकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
- मन्त्री सीता बादीले बालबालिका सम्बन्धी र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिन् ।
- प्रतिनिधिसभाले खानी तथा खनिज पदार्थ विधेयक स्वीकृत गर्दै ७२ घण्टाभित्र संशोधन प्रस्ताव पेश गर्ने समय निर्धारण गरेको छ ।
१ भदौ, काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा अगाडि बढाउने गरी तय भएको राहदानी विधेयकमाथिको छलफल कार्यसूचीबाट हटेको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डिपी)ले परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइएको बताए । अन्य कार्यसूची भने अगाडि बढेको छ ।
प्रतिनिधिसभामा महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गरिन् ।
महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले नै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिन् ।
यसअगाडि प्रतिनिधिसभाले खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढाएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे ।
जसलाई सभाले स्वीकृत गर्यो । यो सँगै यो विधेयकमाथि सांसदहरूका लागि ७२ घण्टाभित्र संशोधन राख्ने समय सुरु भएको छ ।
प्रतिक्रिया 4