News Summary
Generated by OK AI. Editorially reviewed.- अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन् ।
- श्रेष्ठले आफू हिरासतमा रहँदा कानुन व्यवसायीसँग समेत भेट गर्न नदिएको आरोप लगाएका छन् ।
- उनले \'म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ\' भन्दै सरकारलाई कानुन हातमा नलिने चेतावनी दिएका छन् ।
१ भदौ, काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएको थियो ।
रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको बताए । उनले यस्ता हर्कतको सुरूवात मात्र भएको र अब अरूलाई पनि यस्तै हुने शंका गरे ।
उनले आफूले देखेको समाचार लेख्दा विगतमा पनि यस्ता सत्ताका ज्यादती बेहोरेको उल्लेख गर्दै उनले आफू नहारेको बताए ।
‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन् । तर मैले हारेको छैन । म हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ पत्रकार श्रेष्ठले भने ।
उनले गौरीबहादुर कार्कीको प्रतिवेदन बाहिर ल्याएदेखि नै केहीलाई चित्त नबुझेको बताए । उनले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्रहरूलाई नचलाउन चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4