News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको सरकारी गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ।
- काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ३ ०१-००२ झ ५१८३ नम्बरको उक्त गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ।
- दुर्घटनामा परेका मुख्य न्यायाधीशसहित ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनाग्रस्त गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ ।
काठमाडौंबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३ ०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान करिब सात बजेतिर दुर्घटना भएको हो ।
ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख इन्सपेक्टर रमेश विष्टका अनुसार सो गाडीमा मुख्यन्यायाधीश डाँगी र चालकसहित ६ जना सवार थिए ।
घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर र अन्य पाँच जनाको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते सबैको परिचय खुल्न बाँकी छ ।
गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ । गाडी दुर्घटनास्थलमा कच्याककुचुक देखिन्छ ।
घाइतेहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ । घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो ।
हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ ।
प्रतिक्रिया 4