+
+
Shares

युट्युबको भ्युज गन्ने तरिकामा परिवर्तन

पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १४:५०

युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ ।

पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ ।

विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । त्यसपछि युट्युबले यस्तो निर्णय गरेको हो ।

युट्युबले अब सबैका लागि एउटै सजिलो र बुझ्न मिल्ने प्रणाली बनाउन खोजेको देखिन्छ ।

गत वर्ष सर्ट्सका लागि पनि यही तरिका (भिडियो सुरु हुनासाथ भ्यू काउन्ट) लागू गरिएको थियो ।

यो नयाँ प्रणाली लागू भएपछि छोटो समय मात्र हेरिएका भिडियोको सार्वजनिक भ्यू संख्या पनि धेरै बढ्न सक्छ । त्यसैले बाहिर देखिने भ्यू संख्यालाई मात्र आधार बनाएर कुनै भिडियो कति लोकप्रिय छ भनेर ठ्याक्कै मापन गर्न अलि गाह्रो हुनसक्ने देखिन्छ ।

यही अन्योलतालाई चिर्न युट्युबले पुरानो प्रणाली पनि पूर्ण रूपमा भने हटाएको छैन । एनालिटिक्समा ‘इन्गेज्ड भ्यु‘ नाम दिएर यसको व्यवस्थापन गरिएको छ, जसबाट क्रिएटरहरूले दर्शकले भिडियोमा कति समय बिताए र कस्तो रुचि देखाए भन्ने विस्तृत जानकारी पाउन सक्छन् ।

यो परिवर्तनले क्रिएटरको आम्दानी वा मोनिटाइजेसन योग्यतामा कुनै असर पार्दैन । नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुने युट्युबले जनाएको छ ।

टिकटक र इन्स्टाग्राममा पहिलेदेखि नै भिडियो प्ले हुनेबित्तिकै भ्यू गनिन्छ । युट्युबले पनि त्यही बाटो समातेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?