+
+
Shares

परराष्ट्रमन्त्रीको जवाफमा आशिकाको असन्तुष्टि, मर्यादामा रहन सभामुखको निर्देशन (भिडियो)

सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद आशिका तामाङलाई संसदीय मर्यादामा रहन निर्देशन दिनुभएको छ ।
  • परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेपछि थप स्पष्टीकरण माग्ने क्रममा सांसद तामाङ र सभामुखबीच विवाद भएको थियो ।
  • सभामुखले नियमावली अनुसार थप प्रश्न गर्ने समय नभएको जानकारी गराएपछि सांसद तामाङ बैठकबाट बाहिरिनुभएको छ ।

२ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गरिन् ।

तथापि, सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए ।

सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए ।

सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाट बाहिरिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?