+
+
Shares

साउदीको तेल रिफाइनरी केन्द्रमा हुथी समूहको आक्रमण

यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा धेरै ड्रोनबाट आक्रमण गरेका छन् ।
  • हुथी नियन्त्रित साबा समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमण भएको जनाएको छ ।
  • स्रोतका अनुसार सादा र हज्जाह गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा आक्रमण गरिएको थियो ।

२ भदौ, काठमाडौं । यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् ।

हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् ।

सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’

स्रोतले बताए अनुसार यो आक्रमण यमनका सादा र हज्जाह गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा थियो। विद्रोहीहरूले भने, ‘यो आक्रमण सादा र हज्जाहका यमेनी गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा गरिएको थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?