News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ ।
- उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
- श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गरेका छन् ।
२ भदौ, काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ ।
उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो ।
श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन् ।
उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् ।
श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4