+
+
Shares

मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न पूर्वराष्ट्रपतिको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुलचोकमा धर्नामा बसेका मिटरब्याज, लघुवित्त र सहकारी पीडितको आन्दोलनमा पुगेर समस्या समाधान गर्न आग्रह गरिन् ।
  • भण्डारीले पीडितका समस्या गम्भीरतापूर्वक समाधान गर्न र विगतको सरकारको सम्झौतालाई आधार बनाएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।
  • उनले सामाजिक न्यायका लागि भइरहेको आन्दोलन र त्यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता जनाइन् ।

२ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेषगरी मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितहरूको समस्या समाधान गर्न आग्रह गरेकी छिन् ।

करिब एक सातादेखि ललितपुरको पुलचोकस्थित मानव अधिकार आयोग र युएन हाउस अगाडि सडकमा धर्नामा बसिरहेका मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाउँदै भण्डारीले समस्या समाधान गर्न आग्रह गरेकी हुन् ।

पीडितहरूले भोगिरहेका समस्याहरूको आफूले जानकारी लिएको र त्यसलाई गम्भीरतापूर्वक समाधान गरिनुपर्ने उनले बताइन् ।

विगतको सरकारले गरेको सम्झौतालाई आधार बनाएर हालका समस्याहरूलाई जरैदेखि दीर्घकालीन समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलन र यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?