News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पाएका छन् ।
- बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र तयारी गर्ने निर्णय गरेको छ ।
- बैठकले तीनवटा समिति बनाउने निर्णय पनि गरेको मन्त्री शेर्पाले बताए ।
३ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पाएका छन् ।
बुधबार बसको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको मन्त्री शेर्पाले बताए ।
मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4