+
+
Shares

काठमाडौंको न्यू फेमिली गर्ल्स होस्टललाई ३ लाख जरिबाना, होस्टल सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १२:४३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बालकुमारीस्थित न्यू फेमिली गर्ल्स होस्टललाई सरसफाइ र खाद्य सामग्रीको अवस्था कमजोर भेटिएपछि ३ लाख रुपैयाँ जरिबाना र सिलबन्दी गरिएको छ।
  • सामाजिक सञ्जालमा आएको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टलको अनुगमन गरेको थियो।
  • होस्टलले खुवाउने खानामा किरा भेटिएपछि असन्तुष्टि जनाएकी छात्रामाथि सञ्चालकले दुर्व्यवहार र धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

३ भदौ, काठमाडौं । काठमाडौंको बालकुमारीस्थित न्यू फेमिली गर्ल्स होस्टललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ । जरिबानापछि होस्टल सिलबन्दी समेत गरिएको छ ।

अनुगमनको क्रममा होस्टलको सरसफाइ तथा खद्य सामग्री अवस्थ रहेको पाइएपछि जरिबाना तिराइएको प्रहरीले जनाएको छ ।

होस्टलले खुवाउने खानामा किरा भेटिएको पाइएपछि उक्त होस्टलमा बस्ने छात्राले असन्तुष्ट जनाउँदा सञ्चालकले उनीमाथि दुर्व्यवहारका साथै धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाव कोटेश्वरको संयुकक्त टोलीले होस्टलको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?