+
+
Shares

विधायकहरूलाई गाडी र भत्ता दिने तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयको घोषणा

तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले विधायकहरूलाई सरकारी गाडी र एक लाख रुपैयाँ मासिक भत्ता दिने घोषणा गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:४६

३ भदौ, काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले विधायकहरूलाई सरकारी गाडी र एक लाख रुपैयाँ मासिक भत्ता दिने घोषणा गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, मुख्यमन्त्री विजयले यो घोषणा विधानसभामा नियम ११० अन्तर्गत गरेका हुन्।

मुख्यमन्त्रीले विधायकहरूलाई गाडीको ड्राइभर, इन्धन र मेन्टेनेन्स खर्चका लागि हर महिना ७५ हजार रुपैयाँ भत्ता दिइने बताएका छन्। यसबाहेक कार्यालयसम्बन्धी कामकाजका लागि सहायक राख्न उनीहरूले २५ हजार रुपैयाँको मासिक भत्ता पनि पाउनेछन्।

“यो नयाँ व्यवस्थाअन्तर्गत विधायकहरूलाई आफ्नो-आफ्नो विधानसभा क्षेत्रमा जनताको समस्या समाधानका लागि आउजाउमा सुविधा मिल्नेछ, यसका साथै उनीहरूले सरकारी प्रोजेक्टहरूको निगरानी पनि अझ राम्रोसँग गर्न सक्नेछन्,” मुख्यमन्त्री विजयले भनेका छन्।

यसबाहेक मुख्यमन्त्री विजयले आविन सहकारी संस्थाका लागि दूधको सरकारी खरिद मूल्य ३८ रुपैयाँबाट बढाएर ४१ रुपैयाँ प्रतिलिटर बनाएका छन्। त्यस्तै मुख्यमन्त्री स्वास्थ्य बिमा योजनाको वार्षिक कभरेज ५ लाखबाट बढाएर २५ लाख रुपैयाँ बनाउने घोषणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?