+
+
Shares

पुर्ख्यौली थलोमा हरिवंशले टिमुर र एभोकाडोका विरुवा रोपे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’को कार्बन उत्सर्जन कटौती वाचाअनुसार काभ्रेमा वृक्षारोपण सुरू गरेका छन्।
  • उनले काभ्रेको धुलिखेल वडा १२ स्थित शंखुमा ५० वटा टिमुरका बोट रोपेका हुन्।
  • हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा गरेका थिए, र अब एभोकाडो रोप्ने तयारी छ।

काठमाडौं । अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’ को बेला कार्वन उत्सर्जन कटौतीमा योगदान दिने भन्दै वृक्षारोपण गर्ने वाचा गरेका थिए । वाचाअनुसार, उनले पुर्ख्यौली थलो काभ्रेमा वृक्षारोपण थालेका छन् ।

हरिवंशले केही दिनअघि काभ्रेको धुलिखेल वडा १२ मा पर्ने शंखुस्थित जग्गामा ५० वटा टिमुरको बोट रोपेका हुन् । त्यसपछि एभोकाडो रोप्ने हरिवंशको तयारी छ ।

‘टिमुरको बोटमा काँडा हुने भएर यसले बारको काम पनि गर्छ । यो नगदेबाली पनि भएकाले रोपेको हुँ’ हरिवंशले भने । हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा यसअघि गरेका थिए ।

यसअघि फिल्म महाजात्राका निर्माताले कार्वन तटस्थ पहलअनुसार फिल्म छायांकन गरिएको बताएका थिए । छायांकनको बेला केही हिस्सा कार्वन उत्सर्जन हुने भएपछि हरिवंशले सोहीअनुसार विरुवा रोपेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?