+
+
Shares

रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलले मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनाएको छ ।
  • कार्यदलले ७ दिनभित्र दलको विधान संशोधन गरेर कार्यविधि बुझाउनेछ ।
  • सभापति रवि लामिछानेले सांसद र मन्त्रीसँग संसदीय मर्यादा र शैलीबारे छलफल गरेका छन् ।

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो ।

‘आवश्यकता अनुसार संसदीय दलको विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,’ उनले जानकारी दिए ।

बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका छन् । यो बैठकपछि रास्वपा दलका उपनेता पराजुलीले यसबारे जानकारी दिएका हुन् ।

कार्यदलले आगामी ७ दिन भित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा  आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ ।

जसमा सांसदहरुलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तिमा सदनको मर्यादा. आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?