News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले मन्त्री फेर्ने कुनै छलफल र तयारी नभएको बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग बताए ।
- उनले मन्त्रालय र मन्त्रीहरूले गरेका सय काममध्ये केहीमा प्रश्न उठ्नु स्वभाविक हुने भन्दै पार्टीले त्यसलाई अस्वभाविक नलिने बताए ।
- लामिछानेले रास्वपाभित्र आफ्नै दलका मन्त्रीसँग पनि प्रश्न सोध्दै आएको र त्यसैलाई सम्बोधन गर्न छलफल राखिएको भने ।
३ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको उनले बताए ।
मन्त्री फेर्न लागेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो । त्यसलाई पार्टीले अस्वभाविक लिँदैन ।’
रास्वपाभित्र आफ्नै दल भए पनि प्रश्न सोध्दै आएको उनको भनाइ छ ।
‘रास्वपाभित्र आफ्नै दल भएता पनि हामी प्रश्न सोध्दै आएका छौं । यसैलाई सम्बोधन गर्न हामीले छलफल राखेका हौं । कुनै मन्त्री फेर्ने तयारी पनि छैन । कुनै छलफल पनि छैन,’ लामिछानेले भनेका छन् ।
प्रतिक्रिया 4