News Summary
Generated by OK AI. Editorially reviewed.- सडक विभागले मध्यपहाडी राजमार्गअन्तर्गत अछाम डिभिजन क्षेत्रको सडक सीमा भित्रका अनधिकृत संरचना १५ दिनभित्र हटाउन समय सीमा तोकेको छ।
- कार्यालयले बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्डमा रहेका अतिक्रमणले यातायात आवागमन र सडक सुरक्षामा असर परेको जनाएको छ।
- तोकिएको समयभित्र संरचना नहटाए कार्यालयले आफैं हटाई लागेको खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट असुल गर्ने जनाएको छ।
३ भदौ, काठमाडौं । सडक विभागले मध्यपहाडी राजमार्गको अछाम डिभिजन अन्तर्गतको कार्य क्षेत्रमा पर्ने सडकको अतिक्रमण १५ दिन भित्र हटाउन समय सीमा तोकेको छ ।
बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन भनेको हो । मध्यपहाडी राजमार्ग, बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्डको सडक सीमा भित्रका अतिक्रमिक संरचनना हटाउन यो समय सीमा दिइएको हो ।
सडक अतिक्रमणमा पर्दा यातायात आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको सूचनामा उल्लेख छ । तोकिएको समय भित्र संरचना नहटाएर कार्यालयले संरचना हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट असुल उपर गर्ने समेत कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4