+
+
Shares

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको टोलीलाई स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन न्युयोर्क जाने भएको छ।
  • बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
  • मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा हुने महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

३ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने भएका छन् ।

अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलको टोली जाने भएको छ ।

उक्त टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘संयुक्त राज्य अमेरिकाका न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद् बैठकमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?