+
+
Shares

प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित

बुधबारको प्रतिनिधिसभाको बैठक स्थगित गर्दै सभामुख डोलप्रसाद अर्याल (डीपी)ले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजेका लागि अर्को बैठक राखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १८:५२

३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठक स्थगित गर्दै सभामुख डोलप्रसाद अर्याल (डीपी)ले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजेका लागि अर्को बैठक राखेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि छलफल भयो । सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्थाअनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औंल्याएका छन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन् र तीमध्ये करिब सवा २ लाख बालबालिका जोखिमपूर्ण काममा छन । बालश्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको छ ।

यस्तो तथ्यांकले प्रस्तुत गर्दै सांसदहरूले बालश्रममा रहेका बालबालिकाहरूलाई विद्यालय पुर्‍याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?