+
+
Shares

नेताले ताली र गाली दुवै स्वीकार्नुपर्छ, म कहिल्यै रिसाएको छैन : साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दामा संवेदनशील नभएको आरोप लगाएका छन् ।
  • उनले दैनिक उपभोग्य वस्तुको अभाव, प्रशासनिक ढिलासुस्ती र संसद बैठक ढिलो शुरु भएको विषयमा सरकारको आलोचना गरेका छन् ।
  • मल किन्न जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान झन्झटिलो भएको भन्दै उनले वास्तविक किसानले मल नपाउनु न्यायोचित नभएको बताए ।

३ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन् ।

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे ।

संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उनको तर्क थियो ।

आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति उनले चिन्ता व्यक्त गरे ।

मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताए ।

वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उनको तर्क छ ।

‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो । विदेशबाट आयात गर्नुपर्ने वस्तुहरूको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन । नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?