+
+
Shares

गोलभेँडाको मूल्य बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ।
  • लोकल गोलभेँडाको थोक मूल्य पनि बिहीबार प्रतिकिलो ७ रुपैयाँ बढेर औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ।

४ भदौ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।

नेपाली ठूलो गोलभेँडाको मूल्य बुधबारको तुलनामा आज बिहीबार थोकमा प्रतिकिलो १० रुपैयाँले बढेको छ । बुधबार नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँ कायम थियो ।

आज बिहीबार भने उक्त गोलभेँडा न्यूनतम ८० देखि अधिकतम ९० तथा औसत ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज लोकल गोलभेँडाको मूल्य पनि थोकमा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । हिजो बुधबार न्यूनतम ३० देखि अधिकतम ४० र औसत ३५ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा बिहीबार न्यूनतम ३८ देखि अधिकतम ४८ र औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?