फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विकास निर्माण र पूर्वाधारमा अख्तियार बाधक भएको सुनिने बताइन् ।
- उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अदालत र अख्तियारको समन्वय दरिलो बनाउनुपर्ने उल्लेख गरिन् ।
४ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विकास निर्माणमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग बाधक भयो भन्ने सुनिने गरेको बताएकी छन् ।
‘साँचो कुरा के हो ?,’ उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भनिन्, ‘विकास निर्माणसित जोडिएर, पूर्वाधार निर्माणमा अलिकति अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक भयो भन्ने छ । स-साना कुरामा पनि अल्झाइदिने…।’
यसलाई ख्याल गर्न आवश्यक रहेको उनले बताइन् ।
‘यसकारण अदालत र अख्तियारको समन्वय राम्रो हुनुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘अदालत र अख्तियारको समन्वय यसलाई अलि दरिलो बनाउने विषयमा हेक्का राख्नुपर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4